सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु