राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्त्व‍को प्रस्ताव पेस



काठमाडौं । राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्ताव पेस भएको छ ।

बुधबार राष्ट्रिय सभाको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन् ।

उनले प्रस्ताव पेस गरेसँगै छलफल गर्ने क्रममा एमाले सांसद्हरुले अर्थमन्त्री डा.प्रकाशशरण महतको उपस्थिति नभएको भन्दै छलफलमा भाग नलिने भएपछि बैठक स्थगित भएको थियो ।

प्रस्ताव पेस गर्दै साहले नेपाली जनताका समस्या समाधान गदै राजनीतिप्रति वितृष्णा र निराशा हुनबाट जोगाउने वर्तमान सरकारको दायित्व भएको बताइन् ।

मुलुकको अर्थतन्त्र सुधार गरी मुलुकमा समाजवादका आधारहरु तयार गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्ने बताइन् । उनले मुलुक आर्थिक रुपमा श्रीलंका र पाकिस्तानको बाटोमा जान नदिनको लागि सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको बताइन् ।

उनले सरकारले पुँजीगत खर्च गर्न नसक्नु राष्ट्रिय रोग जस्तो भएको बताइन् । सरकारले विकास खर्च गर्न नसक्दा मुलुकको विकास महँगो हुने उनको भनाइ छ ।


क्लिकमान्डु