केन्ट आरओको नयाँ वर्ष अफर, दुबई घुम्न जान पाइने



काठमाडौं । ईओएल प्रालि, नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यस पटकको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकले रुचाएको केन्ट आरओले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै “यो नयाँ वर्ष स्वास्थ्य र शुद्धतासँग सुरुवात गर्नुहोस्” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा भ्याक्यूम फ्लास्क / भेजिटेबल चपर र अरु कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत दुबई घुम्ने सुनौलो मौका पाउने सिजीले जनाएको छ ।

यो ग्राहक योजना चैत ३०, २०७९ देखि सम्पूर्ण नेपालमा सिमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । तपाईंले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ ।

साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ । पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ । यसैले, केन्ट आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको कम्पनीको दाबी छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध छन् ।


क्लिकमान्डु