सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको थियो । मंगलबार ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय २० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु