फ्लाई दुबईको विमानको अवस्था सामान्य: उड्डयन प्राधिकरण



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको विमान सामान्य अवस्थामा रहेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही बेरमै एउटा इन्जिन फेल भएको विमानमा ठूलो आवाज आएको थियो भने आगो लागेको देखिएको थियो ।

काठमाडौंको आकाशमा केही पटक फन्का लगाएसँगै विमान भारततर्फ गएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको फ्लाइट नम्बर ५७६(बोइङ ७३७-८००) काठमाडौं दुबई फ्लाइटको अवस्था अहिले सामान्य रहेको र योजना अनुरुप दुबईतर्फ गइरहेको जनाएको छ । त्यस्तै त्रिभुवन विमानस्थलको अवस्था अहिले सामान्य रहेको क्यानले जनाएको छ ।


क्लिकमान्डु