चितवन २ मा एमालेलाई सुरुवाती अग्रता, रविले कति पाए मत ?



काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत चितवन-२ को प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ ।

एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत पाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेले पछ्याइरहेका छन् । उनले ३१९ मत ल्याएका छन् ।

यसैगरी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् । अहिले इच्छाकामना गाउँपालिका-१ र ३ को मत गणना चलिरहेको छ ।


क्लिकमान्डु