तनहुँ-१ मा भट्टराई र खनालले पाएको मतभन्दा वाग्लेको धेरै, कसले कति ल्याए ?



काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा मतगणना जारी रहेको छ ।

पछिल्लो मतगणना अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम गरेका छन् ।

करिब १८ हजार मत गणना हुँदा वाग्लेले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमाले उम्मेदवार सर्वेन्द्र खनालले पाएको मत जोड्दा भन्दा बढी मत पाएका छन् ।

वाग्लेले १० हजार २ सय ५९ मत पाउँदा कांग्रेसका भट्टराईले ५ हजार ३ र एमालेका खनालले २ हजार ७९७ मत पाएका छन् । भट्टराई र खनालको मत जोड्दा ७ हजार ८ सय हुन्छ ।

यस्तै हिजो उपनिर्वाचन भएको चितवन -२ मा सर्बदलीय बैठक सुरु भएको छ भने बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना केहीबेरमा सुरु हुँदै छ ।


क्लिकमान्डु