हर्क साम्पाङले फेरि मागे वडाध्यक्षहरूको राजीनामा



काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेरि वडाध्यक्षहरूको राजीनामा मागेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् ।

वडाध्यक्षहरूले पटकपटक कार्यापालिका बैठक बहिष्कार गरेपछि आफू राजीनामा माग्न बाध्य भएको मेयर साम्पाङद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानवासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ ।

यसअघि उनले गएको पुस १ मा पनि वडाध्यक्षहरू राजीनामा मागेका थिए ।


क्लिकमान्डु