कामना सेवा विकास बैंकको नाफा ३९ प्रतिशतले घट्यो



काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ३० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३९.४१ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा बैंकले ५० करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १०.५५ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ थियो ।

यस्तै, बैंकको सञ्चालन नाफा २७.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ४.१७ प्रतिशतले बढेको छ ।

बैंकको खराब कर्जा २.२० प्रतिशतबाट बढेर ३.२७ प्रतिशत पुगेको छ । बैंकको वितरण योग्य मुनाफा ८ करोड ३ लाख रुपैयाँ रहेको छ ।

बैंकले ४८ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ ९७ र प्रतिसेयर नेटवर्थ १४ रुपैयाँ ३३ पैसा रहेको छ ।


क्लिकमान्डु