नेपालमा रेमिट्यान्स पठाउँदा लाग्ने लागत बढी हुँदा हुण्डीको कारोबार बढ्यो



काठमाडौं । गन्तव्य मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउँदा लाग्ने लागतका कारण हुण्डीको कारोबार मौलाएको देखिएको छ ।

महालेखापरीक्षकको कार्याललयले आर्थिक वर्ष २०७८/७९ को ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो । महालेखाका अनुसार औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा लाग्ने लागत उच्च रहेकोले हुण्डीलगायत अनौपचारिक माध्यम निरुत्साहित गर्न नसकेको देखिएको छ ।

महालेखाको प्रतिवेदन अनुसार १५औं योजना अवधिमा ५५ खर्ब ९२ अर्ब विप्रेषण आप्रवाह हुने अनुमान रहेकामा यो वर्षसम्म २८ खर्ब ४३ अर्ब प्राप्त भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नेपाल जीवनस्तर सर्वेक्षण २०६६/०६७ अनुसार वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको ८० प्रतिशत अंश उपभोगमा खर्च हुने गरेका कारण विप्रेषण आयबाट पुँजी निर्माणमा न्यून योगदान रहेको उल्लेख छ ।


क्लिकमान्डु