डा ढाकाकुमार श्रेष्ठबारे रास्वपाले के गर्ला निर्णय ? बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले व्यवसायीसँग दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएसँगै विवादमा आएका सांसद डा. ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्दै छ ।

गत आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि पार्टीलाई बुझाउन पर्ने भन्दै डा श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।

अडियो बाहिरिएपछि छानबिनका लागि समिति बनाइएको थियो भने सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधिकएको थियो । उक्त छानबिनको प्रतिवेदनमाथि छलफल गरेर रास्वपा केन्द्रीय समितिले सांसद श्रेष्ठबारे निर्णय गर्न लागेको हो ।

यसका लागि दिउँसो २ बजे पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ ।


क्लिकमान्डु