लाभांश पारित गर्न एशियन लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । इन्स्योरेन्सको १५ औं वार्षिक साधारण सभा बैशाख १८ गते बस्ने भएको हो ।

सभा बिहान ११:३० बजे होटल क्लासिक सिमरा, बारामा शुरु हुने छ । इन्स्योरेन्सको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/०७९ सम्मकमे संचित नाफाबाट कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँले हुन आउने ८.५० प्रतिशत बोनस सेयर र २४ करोड ७१ लाख ८९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

उल्लेखित बोनस सेयर पश्चातको हसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति गर्ने प्रस्ताव समेत सभाले अनुमोदन गर्ने छ ।
यस्तै, सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरुमाथि छलफल गरी पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले वैशाख ८ गते एक दिनका लागि सेयर दाखिला खारेज गर्ने निर्णय गरेको छ । जसअनुसार वैशाख ७ गतेसम्म सेयर खरिद गरी प्रचलित कानून बमोजिम कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाटमा प्राप्त विवरणको आधारमा कायम सेयरधनीहरुले सभामा भाग लिन सक्नेछन् ।


क्लिकमान्डु