प्राइम लाइफले बोलायो विशेष साधारण सभा, मर्जरसम्बन्धी प्रस्ताव पारित हुँदै



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीले वैशाख ६ गते अग्रवाल सेवा केन्द्र कमलपोखरी, काठमाडौंमा बिहान १०:३० बजे सभा बोलाएको हो ।

कम्पनीको सञ्चालक समितिको चैत २० गते बसेको बैठकले सभाको मिति तय गरेको थियो । सभाले प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबीच एक-आपसमा गाभ्ने-गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

तीन कम्पनी एक-आपसमा गाभिएपश्चात ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने प्रस्ताव अनुमोदन हुनेछ ।

चल-अचल सम्पत्ति तथा दायित्व मूलयांकन प्रतिवेदनका आधारमा तीनवटै कम्पनीको सेयर अनुपात १:१:१ कायम गरी मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

तीन कम्पनी गाभिएपछि बन्ने नयाँ कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका १ मा रहेनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २८ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । चैत २७ गतेसम्म कायम सेयरधनी मात्रै सभामा सहभागी हुन सक्नेछन् ।


क्लिकमान्डु