कृषि बीमाको तथ्यांक व्यवस्थापनका लागि सफ्टवेयर विकास गर्दै प्राधिकरण



काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि बीमाको तथ्यांक व्यवस्थापनका लागि सफ्टवेयरको विकास गर्ने भएको छ । प्राधिकरणले कृषि, पशुपन्छी र जडिबुटी बीमाको तथ्यांक व्यवस्थापनका लागि सफ्टवेयर विकास तथा निर्माण गर्ने भएको हो ।

अन्य बीमाको तथ्यांकलाई जस्तै कृषि, पशुपन्छी र जडिबुटी बीमाको तथ्यांक व्यवस्थापन गर्नका लागि सफ्टवेयर विकास गर्न लागिएको प्राधिकरणले जनाएको छ । हाल कृषि बीमासम्बन्धी तथ्यांक व्यवस्थापन गर्ने व्यवस्थित सफ्टवेयर नहुँदा यस बीमाअन्तर्गत भएका तथ्यांकमा त्रुटी देखिँदै आएको छ ।

सोही समस्या समाधान गर्ने उद्देश्यले प्राधिकरणले सफ्टवेयर बनाउन लागेको हो । सफ्टवेयर प्रयोगमा आएपछि उक्त समस्या समाधान हुने प्राधिकरणको विश्वास छ ।

प्राधिकरणले चैत २० गते बोलपत्र आह्वान गर्दै कृषि तथा पशुपन्छी र जडिबुटी बीमाको तथ्यांक व्यवस्थापनका लागि सफ्टवेयर विकास तथा निर्माण गर्न इच्छुक कम्पनीलाई शिलबन्दी प्रस्ताव माग गरेको छ । सम्बन्धित र इच्छुक कम्पनीले वैशाख २० गते मध्याह्न १२ बजेभित्र प्रस्ताव पेस गर्न सक्ने आशयपत्रमा उल्लेख छ ।


क्लिकमान्डु