सेयर लगानीकर्ताको मनोबल उकास्न आवश्यक पहलकदमी लिन्छुः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारका लगानीकर्ताको मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग भएको छलफलमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
मन्त्री महतले अर्थतन्त्रलाई ठिक बाटोमा लैजान सेयर बजारको भूमिका महत्वपूर्ण हुने बताए । राष्ट्र बैंकले लिएको नीतिका कारण सेयर बजारमा प्रभाव पारेको उल्लेख गर्दै नीतिगत कुरालाई मध्येनजर गरेर अघि बढ्ने बताए ।
विभिन्न विषयमा राष्ट्र बैंकसँग छलफल भएको आगामी दिनमा पनि छलफल गर्दै जाने बताए । सेयर बजारमा धेरै जनसंख्या रहेकाे भन्दै उनीहरुको हितमा काम गर्ने बताए ।
डा. महतले लगानीकर्ताको सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताउँदै आगामी दिनमा सम्वादलाई निरन्तरता दिने बताएका छन् । कुराकानीमा अध्यक्ष पौडेलसँगै ब्रोकर संघ, मर्चेन्ट बैंकर तथा अन्य लगानीकर्ता सहभागी थिए ।