प्रभु महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् ।

नेपाल बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको लागि २०७९ चैत्रभित्र ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएपछि प्रभु र महालक्ष्मी लाइफ मर्जर प्रक्रियामा गएका छन् । यी कम्पनीहरुले २०७९ असार ३० गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुवै कम्पनीको भारतीय बीमांङ्कीबाट मूल्यायाङ्कन प्रतिवेदन आउन ढिलो भएपछि एकिकृत कारोबार ढिलो हुन गएको कम्पनीहरुले जनाएको छ ।

मर्जरको लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेको कम्पनीलहरुको भनाइ छ ।

क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश कुमार लाल, महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु