आगामी वर्ष ३५ दिन बैंक बिदा, कुन महिनामा कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । आगामी बैंक ३५ दिन बिदा हुने सूचनामा उल्लेख छ । उक्त बिदा नयाँ वर्षदेखि चैत अन्तिममा हुने घोडेजात्रासम्मको हो ।
राष्ट्र बैंकका अनुसार वैशाखमा तीन दिन, जेठमा १ दिन, भदौमा तीन दिन, असोजमा ५ दिन, कात्तिकमा १० दिन, मंसिरमा ३ दिन, पुसमा ४ दिन, माघमा २ दिन, फागुनमा ४ दिन र बाँकी दिन चैतमा बिदा हुनेछ । नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ सेवा न्यूनतम कर्मचारीको उपस्थितीमा खुला हुने छ । कतिपय बिदा सरकारले घोषणा गरेपछि तत्कालिन समयमा नै निर्धाण गरिने छ ।
सार्वजनिक बिदाको दिन पनि नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ सेवा न्यूनतम कर्मचारीको उपस्थितीमा बिहान १० देखी साढे १ बजेसम्म खुल्ने छ ।