बैंक टाट पल्टिएपछि पनि ब्याज बढाउने क्रम रोकिएन, डेढ वर्षमा अमेरिकी ब्याजदर १९०० प्रतिशतले बढ्यो



एजेन्सी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड) ले लगातार ९ औंपटक ब्याजदर बढाएको छ । फेडका अध्यक्ष जेरोम एच् पावेलले महँगी नियन्त्रण गर्न ब्याजदर बढाउन परेको बताएका छन् ।

बुधबार फेडले ब्याजदर बढाउँदै ४.७५ देखि ५ प्रतिशतको सीमामा पुर्‍याएको हो ।

सिलिकन भ्याली र सिग्नेचर बैंक टाटपल्टिएपछि फेडले ब्याजदर नबढाउने आकलन गरिएको थियो । विभिन्न अन्तर्राष्ट्रिय परामर्श संस्थाहरुले फेड ब्याजदर बढाउने निर्णयबाट पछाडि हट्ने आकलन गरेका थिए ।

तर, ब्याजदर बढाउँदासमेत महँगी नियन्त्रणमा नआएको भन्दै फेडले फेरि ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको हो ।ब्याजदर बढेसँगै अटो,घर,क्रेडिटकार्ड कर्जा लगायतको ब्यादर बढ्ने भएको छ ।

यसअघि सन् २००८ को आर्थिक मन्दीमा अमेरिकाको ब्याजदर ५ प्रतिशत माथि पुगेको थियो । कोरोना महामारीपूर्व ०.२५ प्रतिशत रहेको ब्याजदर डेढ वर्षको अवधिमा १९ सय प्रतिशतले बढेर ५ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु