प्रधानमन्त्रीकै सामुन्ने नाराबाजी: सरकार, जनता मरिसके बैंकको ब्याज मिनाह गर् (भिडियोसहित)



काठमाडौं । बैंकको ब्याज मिनाको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको अगाडि प्रदर्शन भएको छ ।

५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गरेका प्रधानमन्त्रीको अगाडी तीन युवाले नाराबाजी गरेका हुन् ।

एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै बिरोध गरेका थिए । त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाउँदैन भन्दै नारा लगाए ।

प्रहरीले गाडीमा राख्दै गर्दा दुवै युवाले गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, युवा मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक होऔँ भन्दै नाराबाजी गरेका थिए ।

उनीहरुले ‘बैंकको ब्याज मिनाह गर्’, ‘जनतालाई ब्याज मिनाह गर्’,’ब्याजले जनता मरिसके’, ए सरकार ! जनता मरिसके बैंकको व्याजदर मिनाह गर्’, ‘सरकार म हात जोड्छु जनता मरिसके बचा’ लगायतका नारा लगाएका थिए ।


क्लिकमान्डु