मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालको ‘मोबाइल एप’ सञ्चालन



काठमाडौं । आइएमई समूहअन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यो एपमार्फत बिरामीले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न र प्रयोगशाला रिपोर्ट प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ । यसले बिरामीलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउनेछ ।

यो एपमार्फत स्वास्थ्य बिमा बोर्डद्वारा प्रदान हुने स्वास्थ्य बिमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र बिमा जानकारी प्राप्त गर्न सकिने अस्पतालले जनाएको छ ।  मिडास टेक्नोलोजीद्वारा विकसित मोबाइल एप सञ्चालनमा ल्याउँदा सन् १९९६ देखि बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको धुलिखेल अस्पतालले बिरामीलाई दिने सेवामा थप सुधार हुने विश्वास लिएको छ ।

मिडासले विकास गरेको सूचना प्रविधिमा आधारित स्वास्थ्य सेवा सूचना प्रणाली १७० भन्दा बढी अस्पतालले प्रयोगमा ल्याएका छन् ।


क्लिकमान्डु