प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४ खर्ब ४० अर्ब पुग्योः प्रधानमन्त्री




काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा उद्योग विभाग अन्तर्गत करिब २० अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको बताएका छन् ।

संसदमा विश्वासको मत माग्ने क्रममा उनले अहिलेसम्म प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता करिब ४ खर्ब ४० अर्ब पुगेको जानकारी गराए ।

लगानी बोर्डमार्फत हालसम्म करिब १० खर्ब ४० अर्ब लगानी प्रतिबद्धता प्राप्त भएको उनको भनाइ छ । मुलुकमा हालसम्म जडित विद्युत क्षमता २६ सय ३२ मेगावाट पुगेको र करिब ९६ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताए ।

आगामी आर्थिक वर्षभित्र शतप्रतिशत जनताको बिजुलीमा पहुँच हुनेछ । स्वदेशमा आन्तरिक खपत बढाउँदै बचत हुने विद्युत छिमेकी मुलुकहरूमा निर्यात पनि सरकारको विशेष प्राथमिकतामा रहेको जनाए । उनले देशका विभिन्न ८ स्थान औद्योगिक ग्रामको रूपमा घोषणा भएको जानकारी गराए ।


क्लिकमान्डु