निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रका समस्याहरू समाधानमा सरकार प्रतिवद्ध: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिवद्ध रहेको बताए ।

निजी क्षेत्रको विश्वास र साझेदारीबिना समृद्धिको लक्ष्यमा सफलता हासिल नहुने भन्दै त्यसका लागि नीतिगत सुरधारका लागि आफू प्रतिवद्ध रहेको बताए ।

‘निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिवद्ध छ । निजी क्षेत्रलाई विश्वास र साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिन्न भन्नेमा म प्रस्ट छु र त्यसका लागि नीतिगत र व्यवहारिक सुधारका लागि पनि प्रतिवद्ध छु’ प्रधानमन्त्रीले भने ।


क्लिकमान्डु