सेयर बजारमा सामान्य सुधार, १ अर्ब १३ करोडको कारोबार
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । निकै उतार चढाबकाबीच बजारमा सामान्य सुधार देखिएको छ ।
इन्ट्रा डे कारोबारमा १९६४.८६ बिन्दुमा पुगेको बजार घटेर १९४६.८७ बिन्दुमा पुगेको थियो । अन्तिम समयमा भने १.८५ अंकले बढेर १९५३.०६ बिन्दुमा रोकिएको छ ।
२५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर १ अर्ब १३ करोड ५९ लाख २५ हजार ३५७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । कारोबारमा विकास बैंक समूहको उपसूचक १२.८८, वित्त कम्पनी १६.१८, होटल १९.९५, जलविद्युत १८.९७, जीवन बीमा ६.८८, निर्जीबन बीमा ४७.६१, अन्य समूहको उपसूचक ६.२१ अंकले बढेको छ । यस्तै बैंकिङ समूहको ३.९४, उत्पादन तथा प्रशोधन समूहको २३.३८, माइक्रोफाइनान्स १४.४५, ट्रेडिङ समूहको उपसूचक ५०.३७ अंकले घटेको छ ।
कारोबारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै शुभम पावर, सुपर मादी हाईड्रोपावर, बिन्धाबासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।
यो दिन कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको १० करोड ४८ लाख २४ हजार १२५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र शिवम् सिमेन्ट रहेका छन् ।