चार दिनमा सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढ्यो



काठमाडौं । चार दिनमा सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको छ ।

गत फागुन २५ गते छापावाला सुनको मूल्य १ लाख १ हजार रुपैयाँ कायम भएकोमा निरन्तर बढेर मंगलबार प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार गत फागुन २६ गते सुनकोे मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, फागुन २८ गते पुनः १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, फागुन २९ गते ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार पनि प्रतितोला १६ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य चार दिनमा प्रतितोला ८० रुपैयाँले बढेको छ । गत फागुन २६ गते चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको थियो ।

त्यसपछि निरन्तर बढेर फागुन २८ गते १२ सय ४५ रुपैयाँ, फागुन २९ गते १२ सय ५५ रुपैयाँ कायम भएको थियो । मंगलबार पनि पुनः ४५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु