सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुन-चाँदीको मूल्य बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएकोमा सोमबार १२ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु