आत्मनिर्भर लघुवित्तको आईपीओ बाँटफाँट, ५ जना बने भाग्यभानी




काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

आईपीओमा आवेदन दिने मध्ये ५ जना भाग्यमानी बनेका छन् । ५ जनाले भने ११/११ कित्ताका दरले पाएका छन् । आईपीओमा आवेदन दिएकामध्ये १६ हजार ९७५ जनाले सेयर पाएका छन् । जसमध्ये १६ हजार ९७० जनाले १० कित्ताको दरले र ५ जनाले ११ कित्ताको दरले सेयर पाएका छन् । आईपीओमा १५ लाख ३८ हजार ४६६ जना आवेदकले आवेदन दिएकामा २ हजार २०३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ ।

२ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन भएकामा २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ३ हजार ११७ कित्ता सेयर कर्मचारी र १० हजार १७० कित्ता सामूहिक लगानी कोषलाई छ्ट्याएर बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

लगानीकर्ताले आईपीओको नतिजा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट, मेरो सेयर आत्मनिर्भर लघुवित्त र सीडीएससीले आईपीओको नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु