‘प्रभु स्मार्ट फन्ड’ मा आवेदन दिने अन्तिम दिन



काठमाडौं । प्रभु क्यापिटलले निष्कासन गरेको ‘प्रभु स्मार्ट फन्ड’ मा आवेदन दिने अन्तिम दिन हो । आज कार्यालय समय भित्र मावै आवेदन दिन पाइनेछ ।

कम्पनीले फागुन १८ गतेदेखि ‘प्रभु स्मार्ट फन्ड’ निष्कासन गरेको हो । क्यापिटलले ८ करोड रुपैयाँको प्रभु स्मार्ट फन्ड निष्कासन गरेको छ । जसमा १ करोड १२ लाख कित्ता प्रभु बैंक, ८ लाख कित्ता योजना व्यवस्थापक प्रभु क्यापिटलाई छुट्याइएको छ । बाँकी रहेको कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । यो १० वर्षे बन्दमुखी योजना हो ।

यसमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिन्छ । आवेदन धितोपत्र बोर्डबाट सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।


क्लिकमान्डु