सेयर बजारमा गिरावट, हाईड्रोपावरमा लगानीकर्ताको आकर्षण




काठमाडौं । निकै उतार चढाबकाबीच सेयर बजार सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ३.८१ अंकले घटेर २०१९.७३ बिन्दुमा ओर्लिएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक रातो बनेको छ । बैंकिङ समूहको उपसूचक ४.१८, विकास बैंंक १६, वित्त कम्पनी ४.५८, होटल तथा पर्यटन ३०.९९, जीवन बीमा २२.२८, उत्पादन तथा प्रशोधन २३.८७, माइक्रोफाइनान्स ३२, निर्जीबन जीवन बीमा ४४.३८, अन्य समूहको उपसूचक १०.३९ अंकले घटेको छ ।

कारोबारमा जलविद्युत समूहको उपसूचक २२.७३ अंकले बढेको छ । कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बन्दा जलविद्युत समूहको उपसूचकमा हरियाली देखिएको छ ।

कारोबारमा तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको छ । कारोबारमा सिद्धार्थ इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।

यस्तै प्रिमियर इन्स्योरेन्स, राप्ती हाईड्रो, सामलिंङ पावर कम्पनी, तारागाउँ रिजेन्सीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु