गहुँको समर्थन मूल्य प्रतिकिलो ३३.५१ रुपैयाँ



सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८० का लागि गहुँको समर्थन मूल्य ३३.५१ रुपैयाँ निर्धारण गरेको हो ।

सरकारले तोकेको समर्थन मूल्य व्यापारीले किन्न अस्वीकार गरे भने सरकार आफैंले किन्न सक्छ । सरकारले धान तथा गहुँको समर्थन मूल्य किसानलाई भन्दा विचौलिया व्यापारीलाई लाभ मिल्ने गरी ढिला तोक्ने गरेको छ ।

ढिला मूल्य तोकिँदा किसान बाध्य भएर सस्तो मूल्यमा व्यापारीलाई बेच्न बाध्य हुन्छन् । तिनै व्यापारीले सरकारले तोकेको मूल्यमा सरकारलाई नै बेचेर लाभ लिइरहेका छन् ।


क्लिकमान्डु