दोल्ती पावर कम्पनीको आईपीओ निष्कासन



काठमाडौं । दोल्ती पावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आजेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले आयोजना प्रभावितका लागि ५ लाख ३६ हजार कित्ता सेयर निष्कासन गरेको छ । आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसका स्थानीयलाई २ लाख ६८ हजार २४३ कित्ता सेयर निष्कासन गरिएको छ ।

आयोजना प्रभावित दैलेख जिल्लाका अन्य स्थानीयका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर निष्कासन गरेको छ ।

यता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ७ हजार २९८ कित्ता सेयर निष्कासन गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानियले फागुन २५ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । विदेशमा रहेका नेपालीले भने फागुन २५ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित स्थानीयले एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकको स्थानीय शाखामा आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेका नेपालीले सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु