यस्तो छ बजेटको अर्धवार्षिक समीक्षाको पूर्णपाठ



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मापदण्ड, कार्यविधि, निर्देशिका र सञ्चालन विधि स्वीकृत नभएका कार्यक्रमहरू स्थगित गर्ने घोषणा गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बजेटको अर्धवार्षिक समीक्षा पेस गर्दै मन्त्री पौडेलले बजेट अभाव भएकाले त्यस्ता कार्यक्रम स्थगित गर्नु परेको बताए । स्रोतको उपलब्धताका आधारमा आगामी दिनमा त्यस्ता कार्यक्रम क्रमश: फुकुवा गर्दै जाने उनको भनाइ छ ।

यस अघि अर्थ मन्त्रालयबाट स्रोतको सहमति लिएका तर कार्यान्वयनमा जान बाँकी रहेका आयोजनाहरूको समेत पुन:प्राथमिकीकरण गरी कार्यान्वयनमा लैजानु पूर्व सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिनु पर्ने व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

चालु आर्थिक बर्षमा थप दायित्व सिर्जना गर्ने गरी नयाँ कार्यक्रम तथा आयोजना प्रस्ताव नगर्ने र विषयगत मन्त्रालयहरूले आफ्नो बजेट र कार्यक्रमको प्राथमिकता निर्धारण गरी स्रोतलाई सोही अनुसार आन्तरिक समायोजन प्रस्ताव गर्न सक्ने उनको भनाइ छ ।

बजेटको अर्धवार्षिक समीक्षाको पूर्णपाठ


क्लिकमान्डु