किसानले समयमै मल र उत्पादनको मूल्य पाउने सुनिश्चितता होस्ः राष्ट्रपति



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किसानले भोग्दै आएको मल, बीउको समस्या सउमाधान गर्न र उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेकी छिन् ।

किसानले समयमा नै मल, बीउ नपाउने र उत्पादन गरेको बस्तुले उचित मूल्य नपाउने गरेको भन्दै उक्त समस्या समाधान गर्न आग्रह गरेकी छिन् । उनले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले कृषकका लागि आवश्यक रासायनिक मल तत्काल उपलब्ध गराउन माग गरेकी छिन् । उनले प्राङगारी र गैर प्राङगारीक मलको उचित समिश्रण कायम गर्न कृषकलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताइन् ।

उनले रासायनिक मल तथा विषाधीको प्रयोगबाट माटोमा अम्लियपन बढ्दै गएको भन्दै रासायनीक र प्राङगारिक मलको उचित प्रयोग गर्न आग्रह गरेकी छिन् ।

कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरेर उत्पादकत्व बढाउन आध्यन्नमा आत्मनिर्भर बनेर खाध्यान्न निर्यातमा सरकार अग्रसर हुनुपर्ने धारणा राखिने । कृषि उत्पादनलाई केन्द्रमा राखेर मल, बीउ, सिंचाई र भूमि व्यवस्थापनसँग सम्बन्धित विषय समेटेर एकीकृत कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन् ।

उनले उत्पादनको बजारिकरण गर्न समेत आग्रह गरिन । किसानले समयमा नै आफ्ुनो उृत्पादनको मूल्य पाउनुपर्ने धारणा राखिन । उत्पादन बढाउने र त्यसलाई निर्यात गर्ने हो भने ब्यापारघाटा कम गर्न सहयोग पुग्ने उनको बु्झाइ छ ।

नेपालमा निर्बाहमुखी कृषि रहेको र खेती गर्ने उमेरमा मानिस रोजगारीका लागि विदेश जाँदा कृषियोग्य भूमि धेरै नै बाँझो रहेको उल्लेख गरिन् । खेतीयोग्य बाँझो रहेको भन्दै युवालाई स्वदेशमा नै रोजगारीको सृजना गर्न सरकारलाई आग्रह गरिन् ।

भण्डारीले विभिन्न शीर्षकमा दिने अनुदानलाई एकीकृत गरी उत्पादनको परिणामका आधारमा उपलब्ध गराउँदा उत्पादन वृद्धिमा सहयोग पुग्ने बचाएकी छिन् ।


क्लिकमान्डु