वाणिज्य बैंकका ३६ हजार कर्मचारीले लिए ३१ अर्ब ऋण


काठमाडौं । रोजगारीका लागि आकर्षक क्षेत्रमध्ये बैंकिङ पनि एक हो । निजी क्षेत्रमा यसलाई ‘ग्ल्यामर जब’ को रुपमा लिइन्छ । तलबभत्ता र सेवा सुविधा आकर्षक भएका कारण यो क्षेत्रमा धेरैको रुची हुने गरेको छ । त्यति मात्रै नभएर स्थायी भएपछि कर्मचारीहरुले पाउने सेवा सुविधा पनि आकर्षक हुने गर्छ ।

बैंकहरुले दिने कर्जा लगायतले पनि बैंकको रोजगारीमा आकर्षण रहेको हुन्छ । गत आर्थिक वर्ष सञ्चालनमा रहेका २३ वटा वाणिज्य बैंकले कर्मचारीलाई दिने कर्जा ३०.७८ प्रतिशतले बढेको छ ।

गत आवमा यी बैंकहरुमा कर्मचारीको संख्या ८.१४ प्रतिशतले बढेको छ । कर्मचारीको संख्या ८.१४ प्रतिशतले बढ्दा उनीहरुले बैंकबाट पाउने कर्जा भने ३०.७८ प्रतिशतले बढेको तथ्यले देखाएको छ ।

२०७८ असार मसान्तमा वाणिज्य बैंकहरुले आफ्ना ३५ हजार ८०९ कर्मचारीलाई ३० अर्ब ९५ करोड २६ लाख ५४ हजार ३०९ रुपैयाँ कर्जा दिएका थिए ।

२०७९ असार मसान्तमा आइपुग्दा बैंकहरुले ३८ हजार ७२६ कर्मचारीलाई ४० अर्ब ४८ करोड १६ लाख ९० हजार ३५४ रुपैयाँ कर्जा दिएका छन् । बैंकहरुले गत आवमा प्रति कर्मचारी औषतमा १० लाख ४५ हजार ३३६ रुपैयाँ कर्जा दिएका छन् ।

गत आवमा बैंकहरुले दिएको कर्जामा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले कर्मचारीलाई दिने कर्जा घटाएका छन् । यस्तै ५ वटा बैंकले कर्मचारीको संख्या घटाएका छन् । बाँकी बैंकले कर्मचारी बढाएका छन् ।

कुन बैंकले कति दियो कर्मचारीलाई कर्जा ?

नेपाल इन्भेष्टमेन्ट बैंकले कर्मचारीलाई दिने कर्जा ८.९३ प्रतिशतले घटेर ४७ करोड ४५ लाख ९५ हजार ३२ रुपैयाँ दिएको छ । अघिल्लो आवमा ५२ करोड ११ लाख ५४ हजार ४९६ रुपैयाँ कर्जा दिएको थियो ।

यस्तै हिमालयन बैंकले पनि कर्मचारीले दिएको कर्जा १३.९५ प्रतिशतले घटेर ७७ करोड २१ लाख ३९ हजार २२५ रुपैयाँ कर्जा दिएको छ । अघिल्लो आवमा ८९ करोड ७३ लाख ५१ हजार ९०६ रुपैयाँ कर्जा दिएको थियो ।

गत असार मसान्तसम्म बैंकले दिएको कर्जामा सबैभन्दा कम ७४ करोड ८ लाख ८७ हजार ४३३ रुपैयाँ कर्मचारीलाई कर्जा दिएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा गत आवमा कर्मचारीलाई दिने कर्जा २७.०२ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकले कर्मचारीको संख्या ९९५ बाट बढेर ११६३ जना पुगेको छ ।

प्रभु बैंकले कर्मचारीलाई दिने कर्जा ४१.०७ प्रतिशतले बढेर ३ अर्ब ४० करोड ९० लाख ३० हजार ६५६ रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले कर्मचारीलाई २ अर्ब ४१ करोड ६५ लाख ४७ हजार ५४३ रुपैयाँ कर्जा दिएको थियो । अघिल्लो आवमा २४२४ जना कर्मचारी रहेकामा गत आवमा कर्मचारी ०.०४ प्रतिशतले घटेर २४२३ रहेका छन् ।

सिभिल बैंकले कर्मचारीलाई दिने कर्जा ६४.५५ प्रतिशतले बढेर १ अर्ब ३० करोड ९४ लाख ७९ हजार ६९५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ७९ हजार ५७ लाख ८५ हजार ८८२ रुपैयाँ कर्जा दिएको थियो । यो अवधिमा बैंकले कर्मचारीको संख्या भने घटाएको छ । अघिल्लो वर्ष बैंकमा ९५६ कर्मचारी रहेकामा गत आवमा ९४८ जना रहेका छन् ।

यस्तै सिटिजन्स बैंकले कर्मचारीलाई दिने कर्जा ७६.९६ प्रतिशतले बढेर १ अर्ब ६९ करोड ३३ लाख ४० हजार ६९७ रुपैयाँ पुगेको छ । यस्तै कर्मचारीको संख्या पनि अघिल्लो वर्ष १४५८ रहेकोमा गत आवमा १७५८ पुगेका छन् ।

लक्ष्मी बैंकले गत आवमा २ अर्ब ७ करोड ९४ लाख १६ हजार २८९ रुपैयाँ कर्जा दिएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.५३ प्रतिशतले बढेको छ । बैंकले कर्मचारीको संख्या ९९५ बाट बढाएर ११६३ पुर्‍याएको छ ।

कर्मचारीको संख्या १८८१ बाट घटाएर १८४५ मा झारेको कुमारी बैंकले कर्मचारीलाई दिएको कर्जा २५.५३ प्रतिशतले बढेको छ । अघिल्लो असार मसान्तसम्म बैंकले कर्मचारीलाई १ अर्ब ६८ करोड ६८ लाख २७ हजार ८६३ रुपैयाँ कर्जा दिएकामा गत आवको सोही अवधिमा २ अर्ब ११ करोड ७५ करोड ४२ हजार ५६३ रुपैयाँ कर्जा दिएको छ ।

यस्तै कर्मचारीको संख्या ४.९० प्रतिशतले बढाएर १५८४ पुर्याएको माछापुच्छ्रे बैंकले कर्मचारीलाई दिने कर्जा ३३.५४ प्रतिशते बढेर २ अर्ब ९३ करोड ९८ लाख ६६ हजार ८७६ रुपैयाँ पुगेको छ ।

१५०६ जनाबाट कर्मचारीको संख्या बढाएर १५१८ जना कर्मचारी पुर्याएको नेपाल इन्भेष्टमेन्ट बैंकले कर्मचारीलाई दिने कर्जा ८.९३ प्रतिशतले घटेर ४७ करोड ४५ लाख ९५ हजार ३२ रुपैयाँ रहेको छ ।

अघिल्लो असार मसान्तसम्म १ अर्ब ९३ करोड १५ लाख ९६ हजार ४ सय रुपैयाँ कर्मचारीलाई कर्जा दिएको बैंकले गत आवमा २ अर्ब २९ करोड ४२ लाख ४४ हजार २१९ रुपैयाँ दिएको छ । एक वर्षको अवधिमा कर्मचारीको सख्या ९४५ बाट बढाएर १०५७ पुर्याएको छ ।

एक वर्षको अवधिमा ४ जना कर्मचारी थपेर २९६६ जना पुर्याएको ग्लोबल आइएमई बैंकले कर्मचारीलाई दिने कर्जा १५.९५ प्रतिशतले बढाएर १ अर्ब ५२ करोड ५० लाख ५९ हजार १८९ रुपैयाँ पुर्‍याएको छ ।

एक वर्षमा १ जना कर्मचारी थपेको हिमालयन बैंकले कर्मचारीलाई दिने कर्जा भने १३.९५ प्रतिशतले घटाएरको छ । यता १७१२ बाट कर्मचारीको संख्या १६९५ मा झारेको मेगा बैंकले कर्मचारीलाई दिने कर्जा २७.७३ प्रतिशते बढाएर १ अर्ब ६७ करोड १२ हजार रुपैयाँ रहेको छ ।

कर्मचारीको संख्या ६७.५८ प्रतिशतले बढाएको २१३० जना पुर्याएको नबिल बैंकले कर्मचारीलाई दिने कर्जा ६९.१४ प्रतिशतले बढाएर ५ अर्ब २२ करोड १७ लाख ४५ हजार ६३६ रुपैयाँ पुर्याएको छ ।

१३८६ बाट एक वर्षमा कर्मचारीको संख्या बढाएर १५६८ पुर्याएको एनसीसी बैंकले कर्मचारीलाई दिने कर्जा १०.१७ प्रतिशतले बढाएर १ अर्ब १९ करोड ३ लाख ३१ हजार रुपैयाँ पुर्‍याएको छ ।

नेपाल बैंकले कर्मचारीको संख्यामा थपघट नगरेपनि कर्जा भने १६.३६ प्रतिशतले बढाएर १ अर्ब १२ करोड १५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बैंकले कर्मचरीको संख्या ३७९२ बाट बढाएर ४३८५ पुर्याएको छ भने कर्जा ३.८१ प्रतिशतले बढाएर १ अर्ब ६६ करोड २ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

एनएमबि बैंकले कर्मचारीको संख्या १७४४ बाट कर्मचारी बढाएर १९६१ पुर्याएको छ । यस्तै कर्मचारीलाई दिने कर्जा ३१.८४ प्रतिशतले बढाएर २ अर्ब १ करोड ५० लाख ४६ हजार रुपैयाँ पुर्‍याएको छ ।

प्राइमले कर्मचारीलाई दिने कर्जा ४१.१५ प्रतिशले बढाएर ९४ करोड ४५ लाख ८० हजार पुर्‍याएको छ । प्राइमका कर्मचारी १५४८ बाट १६०० पुगेका छन् ।

सानिमाले कर्मचारीको संख्या १४.१० प्रतिशतले बढाएर १२७० पुर्‍याएको छ भने कर्जा १७.७५ प्रतिशतले बढाएर २ अर्ब ६ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

सिद्धार्थ बैंकले १८६२ बाट कर्मचारी बढाएर १८९३ पुर्‍याएको छ । तिनै कर्मचारीलाई दिने कर्जा २५.१८ प्रतिशतले बढाएर १ अर्ब ८७ करोड १९ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंकले १ जना कर्मचारी थपेर ५०५ पुर्‍याएको छ । तिनै कर्मचारीलाई दिएको कर्जा भने ८.१६ प्रतिशतले बढाएर ८२ करोड ४० लाख ४८ हजार रुपैयाँ पुर्‍याएको छ ।

यस्तै बैंक अफ काठमाण्डूले कर्मचारीको संख्या १२.३६ प्रतिशतले बढाएर ९३६ पुर्‍याएको छ । तिनै कर्मचारीले लिने कर्जा २३.८९ प्रतिशतले बढाएर ८५ करोड २१ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

कर्मचारीको संख्या ५.८९ प्रतिशतले घटाएर ९१० बनाएको नेपाल एसबिआई बैंकले कर्मचारीलाई दिने कर्जा २६.०६ प्रतिशतले बढाएर १ अर्ब ६८ करोड ९५ लाख ८९ हजार रहेको छ ।

Skip This