आफ्नो उत्पादन बिक्री नभएको, भारतबाट आयात भएको भन्दै किसानले सडकमा फाले तरकारी



काठमाडौं । तरकारी बिक्री नभएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका छन् ।

नेपाली तरकारी बिक्री नभएको समयमा पनि भारतबाट तरकारी आयात भएको र नेपाली उत्पादन खेर गएको भन्दै किसानले नारायणगढस्थित पुलचोक सडकमा तरकारी फालेर विरोध गरेको छन् ।

किसानहरुले समयमा मल बीउ नपाइने, उत्पादन भएको तरकारी पनि बिक्री नभएको भन्दै तरकारी सडकमा फालेका छन् ।

किसानले नेपाली उत्पादन उपभोग हुनुपर्ने, त्यहाँको उत्पादनले बजार पाउनु पर्ने, किसानले उचित मूल्य पायनुपर्ने माग गरेका छन् ।


क्लिकमान्डु