बागलुङमा एकजनाले गरे आत्मदाह प्रयास, अवस्था गम्भीर



बागलुङ । बागलुङमा एक जनाले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन् ।

बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको समयमा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङकले जनाएको छ ।

घाइते जिसीलाई उपचारका लागि धौलागिरी अस्पताल लगिएको छ । अवस्था गम्भीर भएपछि उनलाई पोखरा रेफरको तयारी गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु