काठमाडौं महानगरले नि:शुल्क कानूनी सेवा दिने, नेपाल ल क्याम्पससँग सम्झौता



काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल ल क्याम्पसबीच सम्झौता भएको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरूमा नि:शुल्क कानुनी सेवा उपलब्ध गराउन महानगर र कम्पसबीच आज सम्झौता भएको छ ।

समझदारीपत्र अनुसार सबै महानगरवासीलाई सबै वडा कार्यालयहरूबाट कानुनी तथा सामान्य किसिमका लिखत तयार गर्न, मौखिकरुपमा कानुनी परामर्श सेवा दिने कार्य हुनेछ ।

नेपाल ल क्याम्पसमा अध्ययनरत एल एल एम, एल एल बि तथा बिए एलएलबि तहमा अध्ययनरत बिधार्थीहरूबाट कार्यालय अवधिभर वडा कार्यालयहरू र केन्द्रीय कार्यालयमा बसी सेवा प्रदान गरेबापत १५००० मासिक सुबिधा उपलब्ध गराउने शर्त रहेको छ । यसबाट महानगरबासीलाई नि:शुल्क कानुनी सेवा उपलब्ध हुने निश्चित भएको छ ।


क्लिकमान्डु