अवैध मदिरासहित पक्राउ परेका ५ जना ६० लाख धरौटीमा छुटे



काठमाडौं । आन्तरिक राजस्व विभागले अवैध मदिरा तथा सूर्तिजन्य पदार्थको कारोबारीमा संलग्न ५ जनालाई धरौटी लिई तारेखमा छोडेको छ ।

विभागले माघ ११, १२ र १३ गते बजार अनुगमनको क्रममा १८ लाख रुपैयाँ बराबरको अवैध मदिरा तथा सूर्तिजन्य पदार्थको कारोबार गरिरहेको अवस्थामा ५ जनालाई प्रक्राउ गरेको थियो ।

विभागले चारी पैठारीको मदिरा, नक्कली अन्त:शुल्क स्टिकर प्रयोग भएको मदिरा, सुर्तिजन्य पदार्थ बरामत भएको जनाकारी दिएको छ ।

विभागका महानिर्देशक दीर्घ मैनालीले अवैध कारोबार गरिरहेको अवस्थामा प्रक्राउ परेका व्यक्तिसँग सोधपुछ गर्दै थप अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।

नक्कली स्टिकर लगाइएका मदिरा र सुर्तिजन्य पदार्थको कारोबारमा संलग्न व्यक्तिलाई अनुसन्धानका लागि थुनामा राखिएकामा सोमबारको निर्णयबाट धरौटी लिई तारेखमा छोडिएको छ ।

विभागका अनुसार झरना कोल्ड स्टोरका महेन्द्र बर्देवासँग ५ लाख ५१ हजार ३४२ रुपैयाँ धरौटी माग गरिएको छ ।

रुद्र कोल्ड सेन्टरका रुद्रबहादुर विष्टसँग २५ लाख ८४ हजार, हिमाली ट्रेड एण्ड सप्लायर्स धन कुमार थुलुङ्गसँग १२ लाख १८ हजार, स्तभ्य स्टोर्सका भुवन कार्कीसँग २ लाख ७८ हजार रुपैयाँ र पुरी किराना पसलका गंगाप्रसाद पुरीसँग १३ लाख २३ हजार रुपैयाँ धरौटी माग गरिएको विभागले जनाएको छ ।

विभागले ५ संस्थासँग ६० लाख रुपैयाँ धरौटी माग गर्दै अवैध कारोबार गरेको आरोप लागेका व्यक्तिलाई तारेखमा छोडेको जनाएको छ ।


क्लिकमान्डु