कलोसूचीमा पर्ने कम्पनी गत वर्षकोभन्दा झण्डै दोब्बर बढी



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सरकारले विभिन्न ७८ वटा कम्पनीलाई कलोसूचीमा राखेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालु आर्थिक वर्षको माघ १५ सम्ममा कलोसूचीमा पर्ने कम्पनीहरुको संख्या करिब दोब्बर रहेको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ को साउन १ देखि माघ १५ सम्ममा जम्मा ४१ वटा फर्म तथा कम्पनी कालोसूचीमा परेका थिए । तर चालु आर्थिक वर्षको सोही अवधिमा कलोसूचीमा पर्ने कम्पनीहरुको संख्या ७८ रहेको छ ।

चालु आर्थिक वर्षको सुरुवातदेखि माघ १५ सम्ममा सरकारले समयमा ठेक्का पूरा नगर्ने तथा सम्झौताअनुसारका प्रक्रियामा गएर काम नगरेका विभिन्न ७८ वटा कम्पनीहरुलाई कलोसूचीमा राखेको छ ।

यसरी सरकारले चालु आर्थिक वर्षको साढे ६ महिनामा कलोसूचीमा राखेका कम्पनीहरुमध्येमा सबैभन्दा धेरै निर्माण सम्बन्धी कम्पनीहरु रहेका छन् । कलोसूचीमा राखिएका ७८ कम्पनीहरुमध्ये ५८ वटा कम्पनीहरु निर्माणसँग सम्बन्धित कम्पनीहरु रहेका छन् ।

त्यस्तै, १७ वटा कम्पनीहरु आपूर्तिकर्ता कम्पनीहरु रहेका छन् । यी बाहेक ३ कम्पनीहरु भने अन्य किसिमका सेवा प्रदायक कम्पनी रहेका छन् ।

कुन कम्पनी कति कति वर्षका लागि कलोसूचीमा ?
चालु आर्थिक वर्षको पहिलो ६ महिना १५ दिनमा ६३ वटा कम्पनीहरुलाई एक वर्षका लागि कलोसूचीमा राखिएको छ ।

यसरी कलोसूचीमा राखिएका कम्पनीहरुमा पोखराको बि म्यानेजमेन्ट प्रा.लि, पर्साको दिल्ली ट्रेडिङ्ग, चितवनको अन्जना निर्माण सेवा, कुरिनटारको डिभी घिमिरे कन्स्ट्रक्सन, धादिङको जलेश्वर निर्माण सेवा, अर्घाखाँचीको लक्ष्मी निर्माण सेवा रहेका छन् ।

त्यस्तै, यो सूचिमा धावासीको मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी प्रा.लि., डडेल्धुराको राष्ट्रसेवा निर्माण सेवा, धनुषाको एस. डी. कन्स्ट्रक्सन, दाङको सुक्कृक निर्माण सेवा, प्युठानको स्वर्गद्वारी महाप्रभु विल्डर्स प्रा.लि., काठमाडौंको युनिभर्सल मल्टि सर्भिसेस प्रा.लि., गुल्मीको सूर्योदय कन्स्ट्रक्सन, धादिङको एसएसपी कन्स्ट्रक्सन, रौतहटको श्रीराम निर्माण सेवा, रोल्पाको शर्मिला कन्स्ट्रक्सन सेवा, सुर्खेतको सत्यवती अर्ड एण्ड सप्लायर्स रहेका छन् ।

त्यसैगरि, पोखराको ग्लोरिया फर्मास्युटिकल्स प्रा.लि., इलामको सच्चिदानन्द सप्लायर्स तथा कन्स्ट्रक्सन कम्पनी प्रा.लि., काठमाडौंको प्रबेश ट्रेडर्स, पर्साको मुस्कान सप्लायर्स, काठमाडौंको कोहिनुर ईम्पोरियम, मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि., वीरगञ्जको सैफ मेटल एण्ड कन्स्ट्रक्सन प्रा.लि, बाराको जगदम्बा निर्माण सेवा, धनुषाको किसन कन्स्ट्रक्सन, धनुषाको ड्रिएगोन कन्स्ट्रक्सन प्रा.लि, काठमाडौंको दिव्याक्षा कन्स्ट्रक्सन एण्ड सप्लायर्स, चितवनको एशियन बोरिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि, काठमाडौंको सूर्या रोशनी इन्डष्ट्रियल प्रा.लि, रौतहटको राष्ट्र निर्माण सेवा, सर्लाहीको नन्दु निर्माण सेवा प्रा.लि, चिनवनको लोहनी एण्ड सन्स कन्स्ट्रक्सन प्रा.लि, कपिलवस्तुको खिम निर्माण सेवा, काठमाडौंको खहरेखोला इन्टरप्राइजेज कम्पनीलाई पनि एकएक वर्षका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले कलोसूचीमा राखेको छ ।

कपिलवस्तुको जय निर्माण सेवा, चितवनको जन कन्स्ट्रक्सन प्रा.लि., धनुषाको देव कन्स्ट्रक्सन, काठमाडौंको अग्रिम/पि.पि. जे.भी, निलगिरी/नेसनल/क्यानोन जेभि, सुर्मादेवी कन्स्ट्रक्सन, एस.एस.के. निर्माण सेवा प्रा.लि, सिद्धिजनक कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि, प्रभु निर्माण सेवा, पाँचखाल कन्स्ट्रक्सन प्रा.लि, अनुकुल निर्माण सेवा, साईबाबा एण्ड तारा कन्स्ट्रक्सन सेवा, विधी विल्डर्स प्रा.लि, हाइवे कन्स्ट्रक्सन प्रा.लि, रुकुमको सानोभेरी निर्माण सेवा, काठमाडौंको रोज कन्स्ट्रक्सन, धनुषाको रन्नुभन्नु कन्स्ट्रक्सन एण्ड सप्लायर्स, कैलालीको पृथ्वी कन्स्ट्रक्सन, बानेश्वरको माँ हर्कादेवी बिल्डर्स प्रा.लि, एसएस किसन/रतकाली/पावर क्वालेटी जेभी, आछामको धर्यता निर्माण कम्पनी लिमिटेड, पर्साको देबेन्द्र तेल उद्योग, पाँचथरको तुम्येहाङ निर्माण सेवा, सुनसरीको सर्जिमेड डिस्ट्रिब्युटर्स, मोरङको एस्पियल ग्रुप अफ इन्जिनियर्स, कास्कीको जस्ट इन टायम कन्स्ट्रक्सन र काठमाडौंको जन्सन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिलाई सरकारले एक वर्षका लागि कलोसूचीमा राखेको छ ।

त्यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले १ वर्ष तीन महिनाका लागि पर्साको प्यासेफिक कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि र एक वर्ष ६ महिनाका लागि काठमाडौंको लामा/च्याङ्गमिला/सुन्दरी जेभीलाई कलोसूचीमा राखेको छ ।

सरकारले दुई वर्षका लागि चीनको हेक्सिङ इलेक्ट्रिकल कम्पनी लिमिटेड, मकवानपुरको सपना निर्माण सेवा प्रा.लि र हेग्रिभा/सिद्धिसाई प्रकाश जेभिलाई कलोसूचीमा राखेको छ । त्यस्तै, दुई वर्ष ६ महिनाका लागि भारत–सप्तकोशी जेभीलाई र महालक्ष्मी वायर एण्ड ईण्डष्ट्रिज प्रा.लि कलोसूचीमा परेका छन् ।

त्यस्तै काठमाडौंको सिम्लेश्वर विल्डर्स, काठमाडौंको सिल्क मार्केट प्रा.लि, काठमाडौंकै सिक्ल/सिनोम्याक/ग्लोबलमेटिक्स/बिद्य जेभि, काठमाडौं स्टार अफिस इन्टरनेसनल, सिराहाको याक्थुम्हाङ बि.पी. जे.भीलगायतका कम्पनी तीन तीन वर्षका लागि कलोसूचीमा परेका छन् ।

तीन वर्षका लागि कलोसूचीमा पर्ने कम्पनीहरुमा चीनको चाङगिङ वाङबैन इलेक्ट्रिक (ग्रुप) कर्पोसेन लिमिटेड, अराभली इफ्रापावर लिमिटेड/सैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लि जेभी र चीनको जोङडिङ्ग इन्टरनेसनल इन्जिनियरिङ कम्पनी लिमिटेड पनि रहेका छन् ।


क्लिकमान्डु