लुम्बिनी मेडिकल कलेजले गर्यो १ अर्ब ५७ करोड आम्दानी



काठमाडौं । लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले सन् २०२२ मा १ अर्ब ५७ करोड रुपैयाँ (अरिष्कृत) आम्दानी गरेको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ४१ करोड १० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ५४ करोड रुपैयाँ र सन् २०१९ मा १ अर्ब ३४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २००५ मा स्थापना भएको मेडिकल कलेजले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएर एमबीबीएस, पीसीएल र पीजी र काउन्सिल फर टेक्निकल र भोकेस्नल ट्रेनिङ (सीटीइभीटी) को कक्षा सञ्चालन गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीनक कर्जाका लागि ६० करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३७ करोड ८० लाख रुपैयाँ अर्थात् एल डबलर बी प्लस र अल्पकालीन कर्जाका लागि २३ करोड अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोमध्ये मेडिकल कलेजबाट गरेको जनाएको छ । कम्पनीअनुसार सन् २०२०/२१ मा पीजी कक्षामा विद्यार्थीको संख्या बढ्दा सन् २०१९/२० को तुलनामा बढ्दा आम्दानी सकारात्म देखिएको उल्लेख छ ।

तर, सन् २०२१ मा कोभिडका कारणले कक्षा ढिला सञ्चालनमा ढिला हुँदा असर परेको कम्पनीको भनाइ छ । जसमा सन् २०२० मा १६ प्रतिशत, सन् २०२१ मा १७ प्रतिशत र सन् २०२२ मा ११ प्रतिशतले आम्दानी कम भएको जनाएको छ ।


क्लिकमान्डु