महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनक्सिमा विशेष छुट



काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लमिटेडले इलेक्ट्रोनक्सि क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ नक्साल, काठमाडौंमा अवस्थति हिम इलेक्ट्रोनक्सि प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सामसुंग डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्ध चुचेपाटी, भक्तपुर, पुल्चोक र खुसबिु शाखाहरु मार्फत विभिन्न विद्युतिय सामाग्रीहरुको खरदिमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले सामसुंग प्लाजाबाट कस्टमर इलेक्ट्रोनक्सिहरुको खरिदमा १५ प्रतशित र मोवाइल फोनको खरिदमा ५ प्रतशितको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा कम्पनीकातर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरे ।

यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वति हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले वभिन्नि शाखाहरुबाट वत्तिीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


क्लिकमान्डु