गुरु न्यौपानेलाई सेबोनको कारबाहीः ७५ हजार जरिवाना, १० बर्ष सूचीकृत कम्पनीको सन्चालक र महाप्रबन्धक बन्न नपाउने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपानेलाई ७५ हजार जरिवाना र १० बर्षसम्म कुनै पनि सूचिकृत कम्पनी संस्थाको सन्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी कारबाही गरेको छ ।

न्यौपानले रिडी पावरका अध्यक्ष रहँदा २०७७ चैत १९ गतेदेखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका थिए ।

न्यौपानेले सचूीकृत संगठित संस्थाहरुको संस्थागत सशुासन सम्बन्धी निर्देशिका विपरित धितोपत्र कारोबार गरेको भन्दै कारबाही गरेको जनाएको छ । बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ ९७० अनुसार ७५ हजार रुपैयाँ नगद जरिवाना समेत गरेको छ ।

यस्तै धितोपत्र सम्बन्धी ऐन २०६३ दफा १०८ अनुसार कुनै सन्चालक, महाप्रबन्धक वा सो सरहको कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको १० वर्ष अवधि पुरा नभएसम्म कुनै पनि सूचिकृत कम्पनी वा संस्थाको संचालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहुने उल्लेख छ ।


सोभित थपलिया