सीजीको होटल चितवनले एकै वर्ष गर्यो १२ करोडको कारोबार



काठमाडौं । सीजी ग्रुपअन्तर्गतको होटल चितवन प्रालिले १२ करोड १४ लाख रुपैयाँको व्यापार गरेको छ । व्यासायिक कम्पप्लेसहित तीन तारे होटल होटल चितवनले सन् २०२२ मा १२ करोड १४ लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ९ करोड ७७ लाख रुपैयाँ, सन् २०२० मा ७ करोड ४३ लाख रुपैयाँ र सन् २०१९ मा ३७ लाख रुपैयाँको व्यापार गरेको थियो । चितवनको भरतपुरमा ४८ कोठासहित तीन तारा होटल र ७० वटा व्यवसायिक स्टोर र मल्टीफ्लेक्स सञ्चालनमा रहेको रहेको कम्पनीको भवन १ लाख ८० हजार स्क्यवारफिटमा फैलिएको छ ।

कम्पनीले कन्सेप्ट हस्पिटालिटीको फ्रेन्चाइज सञ्चालनका लागि सम्झौता गरी ‘द फर्न रेसिडेन्सी’ को ब्रान्डमा होटल सञ्चालन गर्दै आएका छन् । कम्पनीले ‘सीजी ल्यान्डमार्क’ ब्रान्डमा मल सञ्चालन गर्दै आएको जनाएको छ ।

निरभाना चौधरीको ५३.३ प्रतिशत, सारिका चौधरी ६.५ प्रतिशत र एम÷एस एपोलो क्यापिटल इन्भेष्टमेन्ट प्रालिका ४०.२ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९७ करोड ६५ लाख रुपैयाँको रेटिङ गरेको छ ।

कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोमध्ये मलबाट मात्रै ४४ प्रतिशत र होटलबाट ४३ प्रतिशत आम्दानी गरेको छ । जसमा कम्पनीले सन् २०२२ मा सन् २०२१ को तुलनामा २४.२ प्रतिशतले बढेको उल्लेख छ ।

त्यस्तै, चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा ३४ प्रतिशतले आम्दानी बढेको छ भने होटलको अकुपेन्सी ३३ प्रतिशतले वृद्धि भएको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु