ओम्नी मोटर्सको व्यापार १३ प्रतिशतले बढ्यो, पौने २ अर्बको कारोबार



काठमाडौं । भारतबेन्च व्यवसायिक सवारीसाधन बिक्री गर्ने ओम्नी मोटर्स प्रालिको व्यापार १३ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा १३ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२२ मा २ अर्ब २८ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ भने सन् २०२१ मा कम्पनीले २ अर्ब १ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२० मा १ अर्ब ४१ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ९८ करोड ७० लाख रुपैयाँ र सन् २०१८ मा १ अर्ब ७७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

वीरगञ्ज पर्सामा कार्यालय रहेको कम्पनीको आफ्नै ११ वटा शोरुम छन् । राजिन्द्र काब्रा, दिपङकर काब्रा, विनय काब्रा, यदयन काब्रा र सन्दिपकुमार मोहताको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २१ करोड ५५ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीअनुसा बजारमा तरलता अभाव र आयात प्रतिबन्धले गर्दा चालु आर्थिक वर्षको ३ महिनामा ७८ प्रतिशतले व्यापार घटेको जनाएको छ ।

ओम्नी ग्रुपद्वारा सञ्चालित यस कम्पनीले चालु आर्थिक वर्षको ३ महिनामा ७८ प्रतिशतले व्यापार घट्दा बजार हिस्सा पनि खुम्चिएको छ । गत वर्षको तीन महिनाको अवधिमा भारतबेन्च सवारी साधनको बजारमा १५.५ प्रतिशत थियो भने यो वर्ष घटेर ९.५ मा सिमित भएको छ ।

कम्पनीले नेपाली बजारमा मध्यम र हेभी–ड्यूटी ट्रक सेग्मेन्टमा साधन बिक्री गर्दै आएको छ । त्यसमध्ये सन् २०२२ मा कम्पनीले गरेको आम्दानीमध्ये हेभी–ड्यूटी ट्रक सेग्मेन्ट अर्थात् २५२५ सी मोडलको साधनबाट मात्रै ७२ प्रतिशत हिस्सा ओगटेको छ ।


क्लिकमान्डु