स्थायी चालूपुँजी प्रकृतिको कर्जा १० वर्षसम्मका लागि लिन सकिने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ३ देखि १० वर्ष अवधिको लागि आवधिक प्रकृतिको चालूपुँजी कर्जा प्रदान गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ को पहिलो स्रशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले चालूपुँजी कर्जाको आवश्यकता विश्लेषण गर्दा २ करोड रुपैयाँ भन्दा कम चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा समेत पर्मानेन्ट वर्किङ क्यापिटल निड पहिचान भएमा २ करोडको सीमाभित्र रही फ्लक्चुयडिङ वर्किङ क्यापिटल निडको लािग ३ देखि १० वर्षको आवधिक प्रकृतिको चालूपुँजी कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ ।

विगतमा ५ वर्षका लािग स्थायी चालू पुँजी प्रकृतिको कर्जा लिन पाइने व्यवस्था थियो । त्यसलाई संशोधन गर्दै ३ देखि १० वर्षसम्म स्थायी चालू पुँजी प्रकृतिको कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

संशोधित व्यवस्था अनुसार कुनै ऋणीले बिचमा नै कर्जा पूर्ण भुक्तानी गर्न चाहे अतिरिक्त शुल्क लिन नमिल्ने व्यवस्था गरेको छ । पुरानो मार्गदर्शनमा बिचमा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था थिएन ।


क्लिकमान्डु