प्रचण्डको अनुहार हेरेर समर्थन गरिदिउँला भनौंला तर, अनुहारले मात्रै हुँदैन: माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन् ।

पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उनको स्पष्टीकरण थियो ।

पार्टीको भ्रातृ संगठन युवा संघ, नेपाल काठमाडौं जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिक चित्र नै क्लिएर नभएकाले पनि आफ्नो पार्टीको पोलिटव्यूरो बैठकले पनि सो सम्बन्धमा निर्णय नलिएको दाबी गरे ।

प्रचण्डको अनुहार हेरेर भन्दा पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरेर, त्यहाँ रहेका राजनीतिक दलहरुको गतिविधिलाई हेरर पुस २६ गते नै सो निर्णय गर्न आफूहरु तयार रहेको अध्यक्ष नेपालको भनाइ थियो ।

सरकारमा जाने बेलामा आफूहरुसँग प्रधानमन्त्री प्रचण्डले छलफल नगरेको भन्दै गुनासो गरे ।

माधव नेपालले के भने ?

कसैकसैले समाचारमा के लेखे भने यो एकीकृत समाजवादी त अलमलमा पर्‍यो । यसले सरकारलाई समर्थन गर्ने कुरा पनि लेखेन । बिरोध गर्ने कुरा पनि लेखेन । सहभागी हुने कुरा पनि गरेन । नगर्ने कुरा पनि गरेन भनेर लेखेको मैले पाए । ठिक गर्‍यो । किन, जब पिक्चर क्लिएर छैन भने, जबसम्म पिक्चर क्लिएर हुँदैन । पोलिटिकल सिनारियो त क्लिएर हुनु पर्‍यो नि ।

अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ ? भन्ने कुरा हेर्नै पाएका छैनौं । मान्छेको अनुहार हेरेर गर्ने हो भने प्रचण्डजीको अनुहार हेर्दा ल समर्थन गरिदिउँला भनौंला । तर, अनुहारले मात्रै हुँदैन । त्यहाँ अनेकहरु छन । के–के गर्छन् ? थाहा छैन । अनि, अर्को पाटो हामी पनि त नेपालको राजनीतिमा छौं । हामीलाई केही पनि जानकारी छैन । अनि त्यत्तिकै अगाडि सरेर बोल्ने कुरामा के हो हतार ? हामीलाई के बित्दो छ र ।

२६ गते हो सरकारले विश्वासतको मत प्राप्त गर्ने कुरा । २६ गतेको दिनसम्म हामीले निर्णय गरे पुगेन ? भै गोनि । सस्पेन्समै रहोस् । दुनिँयाहरु कुदिरहून । वास्तवमा यो पार्टीले के भन्छ ? भनेर भनि रहून । यो पार्टीको अघिपछि अनि न कुदीरहने मान्छे रहन्छ । त्यसो हुनाले हामीले हतार नगरेको हो । कुराकानी हुन्छ, छलफल हुन्छ । सबैको रायसुझाव सुनिन्छ । अनि हाम्रो पार्टीको आधिकारिक कमिटीले निर्णय गर्छ । अनि कसै कसैलाई सरकारमा जाने हतार, सरकार बनाउँदा खेरी कसैले सोधेकै छैन । नीति, कार्यक्रम तर्जुमा गर्ने कुरामा मतलवनै राखेको छैन । तैपनि सरकारमा जाने हतार । यी सबै भनेका कुरा के हुन भने सत्ता बाहेक अरु केही पनि नदेख्ने चिन्तन हो । हाम्रो पार्टी भिन्न छ ।’

हामीलाई सोचेजस्तो परिणाम निर्वाचनमा आएन । कतिपय मान्छेहरुको अनुहार कताकता खिस्रिक्क परेजस्तो देखिएको छ । के को आत्तिएको ? प्रत्यक्ष निर्वाचनबाट आएको हाम्रो सिट संख्या भनेको १० ।

संसदमा १० सिट आएको भने पनि संसदमा आएको यसको हैसियत कमजोर छैन । समानुपातिक निर्वाचनमा अरुलाई हामी आरोप लगाउला । षडयन्त्रका पक्षहरु आफ्ना ठाउँमा छन्। हाम्रा आफ्नै कमजोरीले गर्दाखेरी जनताको मत नभएको होइन ।

जनताको मत र समर्थन हामीसँग हुँदाहुँदै पनि त्यो मत हामीले बाकसमा खसाल्न, गणनामा जोडन नसकेको हो । हाम्रै नेता, कार्यकर्ता जसरी खटनु पर्दथ्यो, जसरी जनताको माझमा जानु पर्दथ्यो । समानुपातिक मतका निम्ति योजनावद्ध ढंगले जुटनु पर्दथ्यो । त्यसमा कमी भएर मात्रै हो । नभए राष्ट्रिय मान्यता पार्टी बन्नका लागि जुन थ्रेसहोल्ड थियो । त्यो नाग्न नसकिने अवस्था थिएन । तर, त्यसले केही फरक पार्नेवाला छैन । त्यो थ्रेसहोल्ड पार गरेको भए हामीलाई हेलिकप्टर दिन्थ्यो कि ? हवाईजहाज दिन्थ्यो कि ? केही दिनेवाला थिएन । पार्टी अफिस दिन्थ्यो कि ? केही पनि छैन । केही रकम दिन्थ्यो कि ? त्यो पनि छैन । केही पनि दिँदैन ।

हो, कतिपय देशहरुमा त्यस्तो व्यवस्था छ । कसले कति सिट र मत प्राप्त गरेको छ, त्यसको आधारमा पार्टीहरुलाई सरकारले नै रकम दिने व्यवस्था छ । हामीलाई त्यो पनि छैन । त्यसैले केही फरक पर्नेवाला छैन । पार्टी पार्टी नै हो । दर्ता भएको पार्टी हो । बैधानिक पार्टी हो । र, यो पार्टी सबै जो जितका छन । पार्टीका अनुशासित सिपाई हुन्छन् । र, उनीहरुलाई पार्टीको ह्वीप लाग्छ ।

कसैकसैले लाग्दै लाग्दैन भन्ने ठानेका छन । तर लाग्छ । जसरी थ्रेस होल्ड पार गरेका पार्टीका सांसदहरुलाई ह्वीप लाग्छ, त्यसैगरी थ्रेस होल्ड प्राप्त नगरेका हाम्रो पार्टीका सांसदलाई पनि ह्वीप लाग्छ । तपाईहरुले यो भन्दा पहिले पनि ह्वीप लागेको र आफ्नो पद गुमाएको थाहा पाईसक्नु भएको छ । त्यो नजिकर स्थापित भईसकेको छ । कानुनी नजिर छँदैछ । त्यसो हुनाले यसबारे अनेकौ किसिमका भ्रमहरु पैदा गरिएका छन् । त्यसमा कुनै सत्यता छैन भन्ने कुरालाई बुझ्न जरुरी छ ।

हामीले अवश्य पनि थ्रेस होल्ड पार गर्ने वित्तिकै सजिलै ४ सिट स्वतहः पाउने थियौं । र, त्यो संख्या अझै बढाउन सकेको भए अर्को १५ वटा सिट संख्या बढाउन सकिन्थ्यो भन्ने मलाई लागेको थियो । त्यो भएको भए २५ सिट संख्यामा पुग्न सकिन्थ्यो । अव त अनुमान र अडकलको कुरा मात्रै हो ।

अब यस्ता कुरा गरेर कुनै अर्थ छैन । तर पनि हामीले भन्नु पर्छ–जसमा अगाडि बढने आँट छैन । चुनौतिको सामना गर्ने आँट छैन, त्यसले गरि खाँदैन । जसमाथि सबै चुनौतिको सामना गर्ने आँट छ । त्यही सफल भएर जान्छ । विश्वका एकसेएक व्यक्तित्वहरुलाई हेर्नुहोस् ।


क्लिकमान्डु