सुनको मूल्य बढेर प्रतितोला १ लाख २९ सय पुग्यो, चाँदीको मूल्य घट्यो



काठमाडौं । सुनको मूल्य निरन्तर बढेर प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको थियो । बुधबार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु