सनराइज फोकस्ड इक्विटी फन्डले १२ करोड रुपैयाँको इकाई निष्कासन गर्ने



काठमाडौं । सनराइज क्यापिटल सनराइज म्युचुअल फण्ड अन्तर्गतको ‘सनराइज फोकस्ड इक्विटी फन्ड’ ले प्रति इकाई १० रुपैयाँका दरले १२ करोड रुपैयाँको फण्ड निष्कासन गर्ने भएको छ ।

१ करोड ८० लाख इकाईमा कोष प्रवर्द्धक सनराइज बैंकलाई १५ प्रतिशत छुट्याएर बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ ।

माघ १० देखि निष्कासन हुने फण्डमा न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिने छ । फण्डमा माघ १३ गतेसम्म आवेदन दिनुपर्नेछ ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा माघ २४ गतेसम्म आवेदन दिन सकिने छ । यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु