माइक्रोफाइनान्ससहित चार कम्पनीलाई सेबोनले दियो आईपीओ निष्कासनको अनुमति, कुनको कति ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले चार वटा कम्पनीलाई साधारण सेयर आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ ।

बोर्डले ३ वटा जलविद्युत कम्पनी र एउटा माइक्रोफाइनान्ससहित ४ कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डले आईपीओ निष्कासन गर्न अनुमति दिएका कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि कुल २२ करोड ८० लाख रुपैयाँको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

सानिमा मिडल तमोर हाइड्रोपावरले स्थानीय र सर्वसाधारणलाई ८३ करोड ३१ लाख २५ हजार रुपैयाँको ८३ लाख ३१ ह्जार २५० कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

सगरमाथा जलविद्युत कम्पनीलाई ५४ करोड ८८ लाख रुपैयाँको ५४ लाख ८८ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले ९७ लाख रुपैयाँको ९७ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट रहेको छ ।


क्लिकमान्डु