राजश्व छलेको आरोपमा दुई कम्पनीविरुद्ध ७८ करोड रुपैयाँ दाबी गर्दै मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा २ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थायी ठेगाना भई हाल रुपन्देही सिद्धार्थनगरपालिका वडा नम्बर ६, गल्लामण्डीमा रहेको सुमित एण्ड स्वयता ट्रेडर्स प्रोपाइटर पूनित बनिया र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर ११ कुम्भेश्वर स्थायी बसोबासी भएका त्रिशक्ती टे«डर्सका प्रोपाइटर सिद्धिबहादुर महर्जन विरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

विभागले महर्जनविरुद्ध उच्च अदालत पाटनर बनियाँविरुद्ध उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेको हो ।

राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

विभागले सुमित एण्ड स्वयत्ता ट्रेडर्स बुटवलका पूनित बनियाँविरुद्ध ३३ करोड ३ लाख ५० हजार ९६ रुपैयाँ छली गरेको भन्दै सो विगो कायम गरी ६६ करोड ७ लाख १ हजार ७९२ रुपैयाँ र त्रिशक्ती ट्रेर्डसका सिद्धि बहादुर महर्जन विरुद्ध ६ करोड १७ लाख ९२ हजार ५८९ रुपैयाँ छली गरेको भन्दै सो विगो कायम गरी १२ करोड ३५ लाख ८५ हजार १५ रुपैयाँ बराबरको सजायको माग माग गरेको छ ।


क्लिकमान्डु