४९ किसिमका स्मार्टफोनमा चल्न छाड्यो ह्वाट्सएप, यस्तो छ कारण



एजेन्सी । इन्स्टेन्ट म्यासेजिङ प्लेटफर्म ‘ह्वाट्सएप’ केही स्मार्टफोनहरुमा चल्न बन्द भएको छ । ह्वाट्सएप १ जनवरी २०२३ बाट बजारमा उपलब्ध रहेका ४९ किसिमका स्मार्टफोनहरुमा चल्न बन्द भएको हो ।

ह्वाट्सएप चल्न बन्द भएका फोनहरु आउटडेटेड (म्याद सकिएको) अपरेटिङ सिस्टममा भएका फोनहरु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको आधिकारिक वेबसाइटमा बताइएअनुसार ह्वाट्सएप एन्ड्रोइड फोनमा ४.१ भर्जनको अपरेटिङ सिस्टम (ओएस)भन्दा पुरानो ओएस भएका फोनहरुमा चल्न छाडेने छ भने आइओएस (एप्पलका उपकरण)मा भर्जन १२ भन्दा पुरानोमा चल्न छाडेको छ ।

कम्पनीले नयाँ विशेष प्रविधिसँगै रहनका लागि पुराना अपरेटिङ सिस्टम भएका फोनहरुमा एपलाई बन्द गरिएको बताएको छ । यसो गरेपछि एपमा भएका विशेषताहरुको पनि प्रयोग हुन सक्ने कम्पनीले जनाएको छ ।

ह्वाट्सएप चल्न छोडेका फोनहरु एप्पल, स्यामसुङ, एलजस्जस्ता ठूला कम्पनीका स्मार्टफोनहरु पनि रहेका छन् । ह्वाट्सएपले जनाएअनुसार पुरानो अपरेटिङ सिस्टममा सञ्चालन भइरहेका यी कम्पनीका फोनहरुमा एप चल्न छोडेको हो ।

प्रयोगकर्ताले आफ्नो फोनको अपरेटिङ सिस्टमलाई अपडेट गरिसकेको भएमा त्यसमा भने एपमा कुनै किसिमको समस्या नहुने बताइएको छ ।

हाललाई ह्वाट्सएप नचल्ने फोनहरुमा एप्पलको आइफोन फाइभ र आइफोन फाइभ सी रहेका छन् । त्यस्तै, स्यामसङका ग्यालेक्सी एस टु, ग्यालेक्सी कोर, ग्यालेक्सी एस थ्रि मिनिलगायतका ७ फोन, हुवावेका ६ फोन, एलजीका २० फोन, सोनीका तीन र अन्य कम्पनीका ९ फोनहरु रहेका छन् ।


क्लिकमान्डु